तपाईँ सुन्दै हुनुहुन्छः

स्लोभाकियाका सभामुख र रक्षा मन्त्रीलाई सङ्क्रमण

स्लोभाकियाका सभामुख र रक्षा मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

सभामुख इगोर जोर्किक सङ्क्रमित भएपछि अहिले सेल्फ आइसोलेसनमा बस्नु भएको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी रक्षा मन्त्री मातेज टोनिनले पनि आफू कोरोनाभाइसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । 

सभामुख जोर्किक गत बिहीबार सङ्क्रमित हुुनुभएको हो । त्यो दिन देशभरी गरेर कुल नौ हजार ८५८ नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी रक्षा मन्त्री टोनिन भने शुक्रवार सङ्क्रमित हुनुभएको पुष्टि भएको हो । उहाँले आफुलाई कुनै लक्षण नदेखिएको र कुनै समस्या पनि नभएको स्पष्ट पार्नु भएको छ । 

स्लोभाकियामा अहिले सभामुख र रक्षा मन्त्रीसहित कुल ९६ हजार ४८१ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिस सङ्क्रमित भएका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button