तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारी सङ्गठन सुर्खेतको अध्यक्षमा चुनारा

सुर्खेत । नेपाल निजामती कर्मचारी सङ्गठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा निर्वाचित हुनुभएको छ ।

वीरेन्द्रनगरमा शुक्रवार सम्पन्न ११ औँ जिल्ला अधिवेशनले चुनाराको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले समितिको उपाध्यक्षमा उत्तम अधिकारी र सीता कँडेल, सचिव धर्मराज पौडेल, कोषाध्यक्ष दिनेश खड्का, सह–सचिव सुशील शर्मा तथा सदस्यमा प्रकाशकुमार चन्द, प्रखाल गिरी, खड्कबहादुर शाही, गुरुप्रसाद अधिकारी, खेमराज वली, यामलाल गिरी, डिनायट घर्ती, टोपेन्द्र बिसी, मदन नेपाली, निर्मला भुसाल, निलम बुढाथोकी, कल्पना पौडेल, राजेन्द्रकुमारी थापा, सुनिता ढकाल र गीता ढकाललाई निर्वाचित गरेको छ ।

अधिवेशनले ८ सदस्यीय केन्द्रीय प्रतिनिधि र १४ सदस्यीय कर्णाली प्रदेश प्रतिनिधि समेत चयन गरेको छ ।

केन्द्रीय प्रतिनिधिमा डोरप्रसाद उपाध्याय, केशरबहादुर डाँगी, लालबहादुर खत्री, लक्ष्मी लामिछाने, नवराज शर्मा, अम्मर राना, सीता बिसी र कृष्ण बिसी निर्वाचित हुनुभएको छ ।

कर्णाली प्रदेश प्रतिनिधिमा राजेश आचार्य, डवलप्रसाद आचार्य, हिराकुमारी पौडेल, डिलाराम चपाई, रेशम रेग्मी, धनबहादुर खत्री, सञ्जीव हमाल, टेकेन्द्र बुढा, विश्वनाथ योगी, सन्तोष बुढा, देवी पोखरेल, भिमनारायण खराल, जीवन रुपाखेती र टङ्कप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ ।

सङ्गठनको आउँदो माघ १४ र १५ गते काठमाडौँमा ११ औँ राष्ट्रिय अधिवेशन हुन गइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button