धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन
काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्षका लागि छनौट समिति समक्ष १५ जनाको आवेदन परेको छ ।
दोस्रो पटक आवेदन दिनेहरूमा यस अघि निवेदन दिएका सबै दोहोरिनुभएको छ भने नयाँ तीन जना थपिनुभएको छ ।
निवेदन दिनेहरूमा नयाँ अनुहारको रुपमा मुक्ति अर्याल, खगेन्द्र कटुवाल, कृष्णराज पोखरेलले आवेदन दिनुभएको छ । अन्य १२ जना सबै पहिला नै आवेदन दिनेहरू हुनुहुन्छ ।
त्यसै गरी नेपाली धितोपत्रको दोस्रो बजारको सञ्चालक नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको छनौट समितिले जनाएको छ ।
छनौट समितिले पहिलो चरणमा छनौटमा परेका ५ जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण सम्पन्न गरी त्यस मध्येबाट उत्कृष्टतम ३ जनाको नाम अर्थमन्त्री समक्ष प्रस्तुत गरिसकेको समितिका संयोजक अर्थ मन्त्रालयका सहसचिव रमेशकुमार केसीले जानकारी दिनुभयो ।
तीनमध्ये सरकारले एक जनालाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्