तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटा । धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कोसी लोक मार्ग अन्तर्गत धरान धनकुटा सडक खण्डमा अन्तर्गत धनकुटा नगरपालिका वडा नं २ नाग ढुङ्गा भन्ने स्थानमा आज टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

टिपर दुर्घटनामा भई मृत्यु हुनेमा टिपर चालक प्युठान जिल्ला मान्डवी गाउँपालिका वडा नं १ बस्ने बर्ष २८ को भुवन मगर र सह–चालक दाङ जिल्ला बबई गाउँपालिका–३ बस्ने बर्ष २१ का नवीन बि.क. रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बालुवा लोड गरी धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०५४९ नं. को हाइवा टिपर सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । 

दुर्घटनाग्रस्त टिपरको मुनि चालक र सहचालक दुवैको शव थिचिएको अवस्थामा फेला पारिएको प्रहरी जनाएको छ  । 

मृतक दुवैलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी नहकुल पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button