तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी बागलुङको अध्यक्षमा नविन शिशिर सर्वसम्मत

बागलुङ । प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्षमा नविन शिशिर बिक सर्वसम्मत चयन हुनुभएको छ  ।

बिहीबार बागलुङ बजारमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनले बिकको नेतृत्वमा १९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सिर्जना पन्त र झरना कँडेल, सचिवमा कमल पौडेल, उपसचिवमा अर्जुन कार्की र हेम बिक तथा कोषाध्यक्षमा खेमराज गौतम (सुवास) चयन हुनुभएको छ ।

कमिटीको सदस्यमा मनीषा शर्मा, दिवाकर उपाध्याय, राम खत्री, साधना पन्त, रोहन जिसी, अनीश पाठक, विक्रम पौडेल, सचदेव क्षेत्री, कृषिता अधिकारी, करिस्मा क्षेत्री, जीवन पाण्डे र शिव बोहरा चयन भएको अध्यक्ष मण्डलका संयोजक रामकृष्ण शर्माले जानकारी दिनुभयो  ।नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै निवर्तमान अध्यक्ष उमाकान्त शर्माले सङ्गठन सुधार बिस्तारमा लाग्न अनुरोध गर्नुभयो  ।

अधिवेशनले निवर्तमान सचिव सिर्जना पन्तले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष रबिना बोहराले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

यसैबीच प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङमा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ बाट यहाँका तीन पत्रकार पुरस्कृत भएका छन् ।

आज आयोजित शाखाको छैटौँ अधिवेशनका अवसरमा विसं ०७५, ०७६ र ७७ को पुरस्कार एकसाथ प्रदान गरिएको हो । ०७५ सालको पुरस्कार बाट प्रेस चौतारीका केन्द्रिय सचिव रामकृष्ण शर्मा, ०७६ सालको पुरस्कारबाट केन्द्रिय सदस्य रामकृष्ण बोहरा र ०७७ सालको पुरस्कारबाट अर्का केन्द्रीय सदस्य गणेश पौडेललाई प्रदान गरिएको थियो ।

पुरस्कृत तीनै जनालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य लिल बहादुर थापा मगर र शाखा अध्यक्ष उमाकान्त शर्माले जनही १० हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।विसं २०७३ मा स्थापित सो पुरस्कारबाट यसअघि पत्रकार हरिनारायण गौतम र रामबहादुर जिसी पुरस्कृत भइसक्नुभएको छ । गोरखा भूकम्पपछि बनेको ‘भाग्यले बाँचेकाहरू’ वृत्तचित्रको व्यावसायिक प्रदर्शन गरेर पुरस्कारको अक्षयकोष खडा गरिएको प्रेस चौतारी बागलुङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button