माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
सिन्धुपाल्चोक । माछा मार्ने क्रममा सिन्धुपाल्चोकको लिशंखु पाखरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
लिशंखु पाखर गाउँपालिका ७ स्थित पाखर खोलामा माछा मार्ने क्रममा १६ वर्षीय अमृत तामाङको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बिजुलीको पोलबाट हुक लगाइ डाइरेक्ट लाइन तानेर माछा मार्न लागेका तामाङको करेन्ट सर्ट हुँदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्