कर्णाली प्रदेश सभामा ५ वटा अध्यादेश टेबुल
सुर्खेत । कर्णाली प्रदेशसभा बैठकमा आज ५ वटा अध्यादेश टेबुल भएका छन् ।
सभाको ९ औँ अधिवेशनको पहिलो बैठकमा कर्णाली प्रदेश विनियोजन अध्यादेश २०७८, कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोग (दोस्रो संशोधन) अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश २०७८ र कर्णाली प्रदेश खेलकुद विकास (पहिलो संशोधन अध्यादेश २०७८ टेबुल भएका हुन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले सभामा पेश ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०७८ र कर्णाली प्रदेश आर्थिक विधेयक २०७८ फिर्ता लिनुभएको छ ।
सभाको ९ औँ अधिवेशनको पहिलो बैठकमा शुभकामना दिँदै नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकार वास्तविक रुपमा कर्णालीको विकास गर्न अगाडि बढे एमाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्