तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज नाकामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

file photo

नेपालगञ्ज । भारतबाट नेपाल भित्रिने नेपालीहरूमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना देखिन थालेको छ । बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि नेपाल फर्किने नेपालीहरूको सङ्ख्या बढिरहेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार जमुनाहा नाकामा हिजो शङ्कास्पद ३९६ जनाको कोभिड परिक्षण गर्दा ३० जना पुरुष र ७ जना महिलासहित ३७ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि नाकामा चेकजाँचका क्रममा सङ्क्रमितको सङ्ख्या शून्य हुने गरेकोमा पुस १९ गते ९ जना, पुस २० गते ४ जना, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६ जना, पुस २४ गते ४६ जना, पुस २५ गते ३९ जना, पुस २६ गते ३७ जना र पुस २७ गते ३७ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button