तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रेस स्वतन्त्रतामा कुनै सम्झौता हुनुहुँदैन’

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रतामा कुनै पनि सम्झौता हुन नहुने बताउनुभएको छ ।

file photo

नेपाल पत्रकार महासङ्घ छापा सञ्चार माध्यम हकहित प्रवर्द्धन विभागको आयोजनामा नवलपुरको कावासोतीमा आज भएको ‘गण्डकी प्रदेशस्तरीय छापा सञ्चार माध्यमका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सत्तामा हुँदा र बाहिर रहँदा यदाकदा बोली फेरिने गरेको देखिए पनि प्रेस स्वतन्त्रतामा कुनै पनि किसिमको सम्झौता हुन नहुने बताउनुभयो ।

विगतमा ल्याइएका केही विधेयक धेरै विवादास्पद भएकामा आफूहरूले विरोध जनाएको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेश सरकार कुनै पनि बहानामा छुट्टै कानुन बनाएर सञ्चार नियन्त्रण गर्ने भन्ने पक्षमा नभएको स्पष्ट पार्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button