तपाईँ सुन्दै हुनुहुन्छः

विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्छ: वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभएको छ ।

तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले विकास र राजनीति एक अर्काका परिपूरक भएकाले विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले विकासका क्षेत्रमा पछि परेको ऋषिङ गाउँपालिकामा विकास निर्माणले गति लिन थालेकोले गाउँको मुहारमा परिवर्तन आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button