तपाईँ सुन्दै हुनुहुन्छः

महिला पत्रकारहरूको सुरक्षाका विषयमा अन्तरक्रिया कार्यक्रम

जनकपुरधाम । सहिद पत्रकार उमा सिंहको १३ औँ स्मृति दिवसको अवसर पारेर नेपाल पत्रकार महासङ्घ धनुषाले महिला पत्रकारहरूको सुरक्षा विषयमा आज जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागी महिला पत्रकारहरूले आफूहरूको पेसागत तथा भौतिक सुरक्षा निक्कै चुनौतीपूर्ण भएको बताउनुभयो ।

चाँदनी झा, स्मृति मिश्र, वन्दना कर्ण, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिंकु मिश्र गायत्री, ज्योति झा सहितका महिला पत्रकारहरूले पेसागत सुरक्षा तथा उचित प्रशिक्षण भएको खण्डमा खुलेर पत्रकारिता गर्नका लागि तयार भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नंं २ का मिडिया काउन्सिलका अध्यक्ष श्याम सुन्दर यादवले महिला पत्रकारहरूको सुरक्षा तथा क्षमता विकासका लागि काउन्सिल सहयोग गर्नका लागि तयार भएको बताउनुभयो ।

प्रदेश २ को आम सञ्चार प्राधिकरणका अध्यक्ष शिवहरि भट्टराईले महिला पत्रकारहरूको सुरक्षाका लागि आत्मबल बढाउन प्रशिक्षण जरुरी रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष उमेश साह सहितका अन्य पत्रकारहरूले पनि महिला तथा पुरुष पत्रकारहरूको क्षमता विकाससम्बन्धी प्रशिक्षण आवश्यक भएको बताउनुभयो ।

१३ वर्ष अगाडी जनकपुरधामको रेडियो टुडेमा कार्यरत रहेका महिला पत्रकार उमा सिंहको जनकपुरधामको वडा नंं १४ रजौलमा रहेको डेरामा खुकुरी प्रहार गरी गम्भीर घाइते भएपश्चात् उपचार हुँदाहुँदै मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button