तपाईँ सुन्दै हुनुहुन्छः

खोप कार्यक्रम स्थगित

काठमाडौँ । लक्षित वर्गका रुपमा दिर्घरोगी, ज्येष्ठ नागरिकहरूलाई दिइने भनिएको खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

File photo

मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले आज प्रेस विज्ञप्ति जारी गर्नुहुँदै थप प्राविधिक विषयमा छलफल तथा तयारी आवश्यक रहेकोले हाललाई कोरोना विरुद्धको खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । 

लक्षित वर्ग बाहेक कोरोना विरुद्धका नियमित खोप अभियानका कार्यक्रम भने सञ्चालनमा रहेको प्रवक्ता डा. मिश्राले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button