तपाईँ सुन्दै हुनुहुन्छः

बालअधिकार संरक्षण तथा प्रवर्द्धन समिति गठन

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकामा बालअधिकार संरक्षण तथा प्रवर्द्धन समिति गठन भएको छ । वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । 

बालबालिका सम्बन्धी ऐन २०७५ दफा ६० को उपदफा २ बमोजिम स्थानीय बालअधिकार समिति तथा यस कार्यविधिको दफा ३ बमोजिम वीरगञ्ज महानगर बालअधिकार समिति गठन गरिएको वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीका स्वकीय सचिव विजय पौडेलले जानकारी दिनुभयो ।

समितिका सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डे, शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साबाट १ जना, महिला दलित वडा सदस्य सङ्गीता दास, कानुनी अधिकृत ईश्वर बराल, श्रीपुर मा.वि.का प्रधानाध्यापक अनिल कुमार वर्णवाल, समाजसेवी दिलीप शर्मा बराल, आवर संसार नेपालका मुकेश साह तथा सदस्य सचिवमा बाल कल्याण अधिकारी सावित्री कुमारी भण्डारी हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button