तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा लघुवा बस दुर्घटनाका घाइतेको सनाखत

पाल्पा । पाल्पाको रिब्दीकोट–२ लघुवामा मलामी बोकेको बस दुर्घटना परी घाइते हुनेहरूको सनाखत भएको छ । 

दुर्घटनामा घाइते भएका बुटवल १७ रानीगन्जका बर्ष ३८ का विकास रसाइलीको अवस्था गम्भीर रहेको छ । 

अन्य घाइतेहरूमा सैनामैना–६ रुपन्देही वर्ष ३१ की मिरा रामदाम, अर्घाखाँची मालारानी–२ का वर्ष ४३ का लालबहादुर बि.क. सोही स्थानका वर्ष ३७ रमेश लोहनी रहेका छन् ।

त्यस्तै,  बुटवल १७ रानीगन्जका बर्ष ४५ का धनबहादुर सुनार, अर्घाखाँची डाडाकटेरीका वर्ष ५४ का गोपाल नेपाली, सैनामैना–६ रुपन्देहीका वर्ष ५० का श्याम बहादुर बि.क. रहेका छन् । 

त्यसैगरी, घाइते हुनेमा मालारानी–२ अर्घाखाँचीका बर्ष ४० का तुल्सिराम बि.क. बुटवल १२ तामनगरका बसका मालिक माधव बस्याल र मालारानी–२ अर्घाखाँचीका बर्ष २२ का दिपक बि.क. रहेका छन् ।

घाइतेहरूको युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । 

सम्बधित समाचार

पाल्पा लघुवामा बस दुर्घटना, मृतकको सङ्ख्या ८ पुग्यो

पाल्पा लघुवामा बस दुर्घटना, ६ जनाको मृत्यु

प्रतिक्रिया राख्नुहोस्

Back to top button