समग्र न्यायालय सुधारको पक्षमा एमाले
काठमाडौँ । नेकपा एमालेले पाटी समग्र न्यायालयको सुधारको पक्षमा रहेको जनाएको छ ।
काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले न्यायालयका एक व्यक्तिलाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा सुधार नहुने भएकाले न्यायालयमा भएको विकृति हटाउने पक्षमा एमाले भएको बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले न्यायालयमा उत्पन्न भएको समस्याको स्रोत असार २८ गते भएको र सर्वोच्च अदालतबाट सबैभन्दा बढी पीडित एमाले पाटी भएको बताउनुभयो ।
यसैगरी एमालेले मङ्सिर २८ गते बोलाइएको संसद् बैठक चल्न नदिने सङ्केत गरेको छ । उपमहासचिव ज्ञवालीले एमालेले कारबाही गरेका व्यक्तिलाई संसद् भवनभित्र राखेर बैठक चल्न नसक्ने जानकारी दिनुभयो ।
उपमहासचिव ज्ञवालीले राष्ट्रिय राजनीतिमा एमालेको दशौँ महाधिवेशनबाट एमाले पहिलो पाटी भएको पुर्नपुष्टि गरेको बताउनुभयो ।
उहाँले महाधिवेशन अघि पार्टीमा देखिएका तीन वटा मनोविज्ञानहरू अहिले एउटै भएको उल्लेख गर्दै पाटी थप एकताबद्ध र सुदृढ भएको बताउनुभयो ।
महाधिवेशनबाट छुटेका नेताहरूलाई पार्टीको आगामी केन्द्रीय कमिटीबाट १० प्रतिशत मनोनयन गरी समेट्ने समेत उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्