बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको स्कारपियो बरामद

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियो बरामद गरेको छ ।
प्रहरी टोलीले जिल्लाको भिमदत्त नगरपालिका ४ बाट भारतबाट अवैध रुपमा ल्याएर बेवारिसे अवस्थामा रहेको स्कारपियो बरामद गरिएको हो ।
भारतीय यु ए ०६ जी ६३१२ नम्बरको स्कारपियो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताउनुभएको छ । उहाँका अनुसार उक्त गाडीको मूल्य दश लाख रहेको छ ।
सो गाडी आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्