नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन (LIVE)
चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अहिले चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन भइरहेको छ ।
उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता रहेको नेकपा (एमाले)ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनुहुन्छ ।
महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ ।
‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा का साथ भइरहेको महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।
भिडियो स्रोत : न्युज एजेन्सी नेपाल


![राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशन [LIVE]](https://radionepalonline.com/wp-content/uploads/2026/06/raswopamahadhibesan-390x220.jpg)



प्रतिक्रिया राख्नुहोस्