सिन्धुपाल्चोकमा दुई जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजे
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा दुई जना जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । मेलम्ची नगरपालिकाका उप–प्रमुख भगवती नेपाल र चौतारा साँगाचोकगढि नगरपालिका वडा नं १० का अध्यक्ष बेलबहादुर महतले नेकपा एमाले बाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी) रोजेर जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्नु भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका विदुर रायमाझीले जानकारी दिनुभयो । राजनीतिक दल सम्बन्धी अध्यादेशले २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था गरेको थियो ।
यसअघि राष्ट्रिय सभा सदस्य सिंह बहादुर विश्वकर्मा, प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङले नेकपा (एकीकृत समाजवादी) रोजेर सनाखत गर्नु भएको थियो । अन्य अधिकांश जनप्रतिनिधि एमालेमै रहेका छन् । त्यस्तै चौतारा साँगाचोकगढि नगरपालिका प्रमुखका प्रत्याशी सोम सापकोटा र केही वडाका अध्यक्ष प्रत्याशी बाहेक अन्य एमालेमै रहेका छन् । एमालेले १२ मध्य ७ स्थानीय तह जितेको थियो । जिल्ला समन्वयका प्रमुख र उपप्रमुख पनि एमालेमै रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्