तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध हेलम्बु राजमार्ग एकतर्फी सञ्चालनमा

सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध  हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । हिजो बिहानबाट अवरुद्ध सडक ३ बजेबाट पहिरो पन्छाएर सडक एकतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो । हेबि गाडी भने सञ्चालनमा समस्या हुन सक्ने राईले जानकारी दिनुभयो ।

यसअघि मेलम्ची नगरपालिका –११, १२ ,१३ मेलम्ची–जिरो किलो सडक खण्डस्थित विभिन्न ठाउँमा माथिबाट पहिरो खसी सडक लगातार अवरुद्ध भएको थियो  । यता छाप, साँखु सडक भने अझै अवरुद्ध  छ । त्यस्तै काउल, भोटेचौर सडक भने सञ्चालनमा रहेको राईले जानकारी दिनुभयो । औँसीमा यात्रा गर्ने यात्रु सडक अवरुद्ध हुँदा मारमा परेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button