तपाईँ सुन्दै हुनुहुन्छः

पानीमा डुबेर एक बालिकाको मृत्यु

रुपन्देही । बुटवलमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ बुद्ध नगरका राजु परियारकी ३ वर्षीया छोरी सम्राट परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताउनुभयो । 


तिनाउ खोला छेउमा खेल्ने क्रममा जमेको पानीमा डुबेर परियारको आइतबार मृत्यु भएको कुँवरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button