तपाईँ सुन्दै हुनुहुन्छः

भारतका काँग्रेस नेता गान्धी जम्मु जाने

भारतको राष्ट्रिय काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी सामरिक महत्त्वको क्षेत्र मानिने जम्मुको भ्रमणमा जानुहुने भएको छ ।

उहाँ यही सेप्टेम्बर ९ र १० तारिखका दिन त्यस क्षेत्रमा रहनु हुने उहाँ निकट नेताहरूले जानकारी दिएका छन् ।

भारतको केन्द्रीय सरकारले सन् २०१९ को अगस्टमा संविधानको धारा ३७० खारेज गरेपछि उहाँले दोस्रो पटक त्यस क्षेत्रको भ्रमण गर्न लाग्नुभएको हो ।

भारतको केन्द्रीय सरकारले धारा ३७० खारेज गरी जम्मु र काश्मिर क्षेत्रको स्वायत्तता खोसेर केन्द्रीय सरकार मातहत ल्याएको थियो । यो विषय अन्तर्राष्ट्रियस्तरमा समेत चर्चाको विषय भएको थियो भने भारतमा केही समय आन्दोलनसमेत भएको थियो ।

त्यसैले गान्धीको पटक पटकको त्यस क्षेत्रको भ्रमणलाई महत्त्वका साथ हेर्ने गरिएको छ ।

नेता गान्धीले जम्मुको भ्रमणका क्रममा त्यहाँ रहेको माता वैष्णोदेवी मन्दिरको दर्शनसमेत गर्नुहुने जनाइएको छ ।

त्यसै गरी उहाँले भ्रमणको अन्तिम दिन सेप्टेम्बर १० तारिखका दिन श्रीनगरमा पार्टीको नयाँ कार्यालय उद्घाटन गर्नुहुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button