पितृसत्तावादलाई चिर्दै अघि बढ्नुपर्छः ऊर्जा मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुरुष सरह पूर्ण रूपमा महिलाले पनि अधिकार प्राप्तिका लागि मुलुकमा रहेको पितृसत्तावादलाई चिर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
पन्ध्रौँ राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसका सन्दर्भमा ललितपुरमा आयोजित मनोरञ्जन क्षेत्रमा कार्यरत हिंसामा परेका महिलाको उद्धार तथा हकहितका लागि काम गर्ने ‘छोरी परियोजना संस्था’का संस्थापक अध्यक्ष हिरा दाहालको रचना ‘फूलमाया उपन्यास’ विमोचन गर्ने क्रममा मन्त्री भुसालले मुलुकका थुप्रै महिला अझै पनि दमनको सिकार भइरहेको बताउनुभयो ।
सिकार हुनबाट बच्नका लागि स्वयं महिलाको सोच समेत परिवर्तन हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष दाहालले फूलमाया नेपाली समाजलाई चित्रण गरी बालविवाह, हिंसा, श्रम शोषण, बेचबिखन, मजदुर महिला आदिको जीवनी र पीडालाई समेटिएर लेखिएको उपन्यास भएको जानकारी गराउनुभयो ।
उपन्यासका सम्पादक आनन्द वाग्लेले पुस्तकले मानव जीवन परिवर्तन गर्न सहयोग गर्ने बताउँदै किताब पढ्ने संस्कृतिलाई बढावा दिन जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्