पाल्पाको प्रभासमा ट्रक दुर्घटना

पाल्पा । पाल्पाको तानसेन–७, प्रभासमा मालबहाक ट्रक दुर्घटना भएको छ ।
बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको मालवाहक ट्रक प्रभासमा दुर्घटना भएको हो ।
शनिबार बिहान करिब ९ बजे ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट मानवीय क्षति भएको छैन । ट्रक सडकमा गुड्दै गर्दा अनियन्त्रित भई १० मिटर तल प्रभास खोलामा खसेको प्रहरीले जनाएको छ ।
ट्रकमा ल्याइएको केही सामानमा भने क्षति पुगेको छ ।
ट्रकमा खाद्यान्न, इँटा ग्यास लगायतका सामग्री थियो ।दुर्घटनाको कारण बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्