तपाईँ सुन्दै हुनुहुन्छः

लक्षण छ तर कोरोना नेगेटिभ आए स्क्रब टाइफस परीक्षण गर्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । कोरोना संक्रमण र स्क्रबटाइफसका लक्षण मिल्ने भएकाले कोरोना परीक्षण नेगेटिभ आए पनि स्क्रब टाइफसको जाँच गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । 

आज मन्त्रालयले सार्वजनिक जानकारी दिँदै स्क्रब टाइफस रोग जीवजन्तुमा हुने संक्रमित किर्नाले टोके यो रोग मानिसमा सर्ने जनाएको हो । 

स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, खोकी, वान्ता, पेट दुखाई र पखाला लाग्ने, आँखा रातो हुने, टोकेको ठाउँमा कहिलेकहीँ कालो दाग देखिने, बिमिरा देखिने, सास फेर्न समस्या हुने जस्ता लक्षण देखिने मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले जानकारी दिनुभयो । 

स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएको कपडा लगाउने, मुसा नियन्त्रण गर्ने, सरसफाईमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button