तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्ग अवरुद्ध , पोखरामा फेरी जमिन भासियो


पोखरा । सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा–२२, घुम्तीमा ठूलो पहिरो झरेसँगै राजमार्ग अवरुद्ध भएको छ । पुम्दिकोट स्थित गौरीशङ्कर दुग्ध डेरी नजिक पहिरो जाँदा बाटो अवरुद्ध बनेको हो । बाटो अवरुद्ध बनेपछि सवारी साधन रोकिएका छन् भने धेरै यात्रु अलपत्र परेका छन् ।

यसैगरी पोखरा महानगरपालिका वडा नं ५ मा जमिन भासिएको छ । लगातारको वर्षाका कारण पोखरा महानगरपालिका ५ का विभिन्न स्थानमा भासिएको छ वर्षाका कारण वडाका केही क्षेत्रमा भासिएको तथा पोखरा महानगरको वडा ५ र ८ लाई जोड्ने पुल भत्किएको वडाध्यक्ष धन बहादुर नेपालीले जानकारी दिनुभयो ।

। पुलको आधा भाग बगेको तथा अन्नपूर्ण मार्ग, ज्योती मार्ग धर्मस्थली, खोलेटो लगायतका स्थानमा भासिएको वडाध्यक्ष नेपालीले बताउनुभयो । वडाध्यक्ष नेपालीका अनुसार वर्षाका कारण उक्त क्षेत्रका दुई घर र सडक अघि भासिएको पछिल्ला केही दिन यता अविरल वर्षासंगै पोखराका विभिन्न स्थानहरूमा जमिन भासिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button