तनहुँमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
तनहुँ । तनहुँमा बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानु नगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ साठीमुरे स्थित बुधवार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । दमौलीबाट थर्पुतर्फ जाँदै गरेको ग ३ च २४४३ नम्बरको बोलेरोले विपरीत दिशामा आइरहेको बा ६५ प ४६६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनिल घाइते भएका थिए ।
घाइते चालकको दमौली अस्पतालमा सामान्य उपचारपश्चात् गण्डकी मेडिकल पोखरमा सिफारिस गरिएको थियो । उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायब उपरीक्षक युवराजले जानकारी दिनुभयो ।
बोलेरो र चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय विनोद श्रेष्ठ प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्