तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुप नगरपालिकामा ‘हेल्लो सिस्टर’ कार्यक्रम

सप्तरी  । सप्तरीको कञ्चनरुप नगरपालिकाले ‘हेल्लो सिस्टर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य शाखाद्वारा बुधवार आयोजित कार्यक्रममा ‘हेल्लो सिस्टर’ लागु गरेपछि पूर्व प्रसूति (गर्भ) जाँच शतप्रतिशत पुर्‍याउने, उत्तर प्रसूति जाँच शतप्रतिशत पुर्‍याउने, घरमा शून्य प्रसूति घोषणा गर्ने, संस्थागत सुत्केरी शतप्रतिशत पुर्‍याउने, सुरक्षित मातृत्व नगर घोषणा गर्ने उद्देश्य पुरा हुने भन्दै यो कार्यक्रम सञ्चालन गरिएको हो ।

सो कार्यक्रममा नगरपालिकाका सबै वडाहरूका ९० जना स्वास्थ्य स्वयंसेविकाहरू र १२ जना हेल्लो सिस्टर कार्यक्रमका फोकल पर्सनहरुलाई मोबाइल र सिम हस्तान्तरण गरिएको थियो । 

स्वास्थ्य स्वयंसेविकाहरूलाई इन्फिनिक्स किप्याड र फोकल पर्सनहरुलाई मल्टी (टचप्याड) मोबाइल हस्तान्तरण गरिएको हो । 

२०७४ सालदेखि नै यो योजना लागु गर्ने भनी सहमत भएको यो कार्यक्रम भरखर मात्र लागु भएको स्वास्थ्य शाखा सहायक अधिकृत डम्बर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

यो कार्यक्रमले स्वयंसेविकाहरूलाई काम गर्न सजिलो र भरपर्दो होस् जसका सुविधाले गाउँघरमा सुत्केरी महिलाहरूको समस्या तथा जोखिम एवं आपतकालिन अवस्थामा हेल्लो सिस्टरहरूलाई सम्पर्क गर्न सकिने नगरप्रमुख वसन्त कुमार मिश्रले बताउनुभयो । 

स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आउनुभएका नगर प्रमुख मिश्रले कार्यक्रम लागु गर्न आफूलाई नगरपालिकाले छुट्टयाएको रकमबाट मोबाइल र सिम प्रदान गरिएको जानकारी दिनुभयो । 

नगर प्रमुख मिश्रका अनुसार ‘हेल्लो सिस्टर’ कार्यक्रम नेपालमै यो नगरपालिकामा पहिलो हो । यस्तै उहाँले यो नगरपालिका जिल्लामै उत्कृष्ट स्थानमा आउन सम्पूर्ण नगरवासीको सहयोग रहेको भन्दै नगरपालिकाले आफ्नो भागमा छुट्टयाएका रकमबाट स्वयंसेविकालाई प्रति महिना पाँच सयका दरले भत्तामा थप गरिदिएको जानकारी दिनुभयो । 

बिस्तारै तपाईँहरूको सेवा सुविधा वृद्धि हुँदै जाने र अर्को कार्यकाल तथा व्यवस्थाले पनि केही गरिदिनेछ भन्ने नगरप्रमुखले आशा दिलाउनुभयो ।

“सबै रोगको उपचारका लागि विराटनगर, धरान, काठमाडौँ लगायतका शहरमा प्राप्त हुने स्वास्थ्य सेवा यही उपलब्ध गराइने उद्देश्यका साथ आफू अहोरात्र लागि परेको र निकट भविष्यमै धेरै पूर्वाधारहरू पूरा भइसक्ने छ”, उहाँले भन्नुभयो,  ।

This image has an empty alt attribute; its file name is Hello-Sister-1.png

कोभिडको सङ्क्रमणमा यस नगरपालिकामा धेरै क्षति भएको पनि हो र त्यसको दुई गुणा हुने प्रबल सम्भावना थियो तर त्यसलाई होसियारीका साथ नियन्त्रणका लागि पूर्व तयारी गरियो अनि क्षति हुन पाएन नगर प्रमुख मिश्रले बताउनुभयो । यस नगरपालिकामा वालमैत्री कार्यक्रम घोषणा भइसकेको स्मरण गराउनुहुँदै भन्नुभयो, उमेरले बिदा गर्नुपर्ने ज्येष्ठ नागरिक स्वयं उहाँले सेविकाहरू पनि सक्रियरुपमा जनताका काममा जुट्नुभएको बताउनुहुँदै कानुनतः उहाँहरूलाई नराख्ने भने पनि उत्साहितका साथ सेवा पुर्‍याइरहेकाले यथावस्थामै उहाँहरू रहेको भन्दै काममा सन्तुष्टि छ खुसी व्यक्त गर्नुभयो ।

उहाँले स्वास्थ्य स्वयंसेविकाहरू पहिला स्वास्थ्य रहनुपर्छ अनि मात्र उहाँहरूले अरूलाई सेवा दिन सक्नुहुन्छ नगरप्रमुखले भन्नुभयो, स्वयंसेविकाहरूको स्वास्थ्यमा ध्यान पुर्‍याउन स्वास्थ्य शाखाले चासो लिनुपर्छ ।

समारोहमा जिल्ला जनस्वास्थ्य सप्तरीकी कर्मचारी अम्बिका ओलीलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

ओलीले वडा नम्बर ११ स्थित ठेलियामा रहेको स्वास्थ्य भवन निर्माणका लागि सात कठा जग्गा दिनुभएको छ ।

कार्यक्रममा नगर उप प्रमुख निरु पोखरेलले सुत्केरी अवस्थामा महिलालाई हुने पीडा, कष्टको बारेमा सुझाउँदै त्यस्तो अवस्थामा स्वयंसेविकाहरुले पूर्णरुपमा सहयोग गर्नुपर्छ, उनीहरूलाई अस्पताल लैजाने वातावरण र सुत्केरी भएर आएपछि पनि हेरविचारमा ध्यान दिनुपर्छ भन्ने स्वयंसेविकाहरूलाई सल्लाह दिनुभयो । 

जबसम्म आमा स्वास्थ्य रहँदैन तब जन्मेका बच्चा पनि स्वास्थ्य रहँदैन तसर्थ गर्भवती महिलालाई बेलैदेखि आवश्यक सरसल्लाह दिनेकामा स्वास्थ्य स्वयं सेविकाहरू चुक्नुहुँदैन नगर उप प्रमुख पोखरेलले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले कुनै पनि योजना बिनाको काम सफल नहुने हुँदा योजना बनाउनुपर्छ र योजनाबद्ध ढङ्गले लाग्दा सफल हुने बताउनुभयो । 

यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयकी कर्मचारी अम्बिका ओलीले नेपालमै लागु हुन नसकेको मातृ शिशु जन्मदर यस नगरपालिकाको केही वडामा लागु भएको भन्दै स्वास्थ्य क्षेत्रमा यो नगरपालिकाले राम्रो प्रगति गरेको बताउनुभयो । 

उहाँले हेल्लो सिस्टरमा अझै सिस्टरको सङ्ख्यामा वृद्धि गरेर लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश नम्बर २ मै कञ्चनरुप नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको दाबी गर्नुभयो ।

सपना चौधरीले कार्यक्रमको उद्देश्यमाथि बुँदागतरुपमा प्रस्ट्याउनु भएको थियो भने स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा आयोजित समारोहको सञ्चालन शाखाका सहायक अधिकृत डम्बर प्रसाद गुप्ताले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button