तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा अत्याधुनिक अक्सिजन प्लान्टको उद्घाटन

वीरगञ्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा अत्याधुनिक अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । 


बुधवार पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य विमल प्रसाद श्रीवास्तवले एक कार्यक्रमबिच प्लान्टको उद्घाटन गर्नुभयो । 
वीरगन्जस्थित नारायणी अस्पतालमा श्रीवास्तवकै संसदीय विकास कोषको रकमबाट अत्याधुनिक अक्सिजन प्लान्टको निर्माण गरिएको हो ।


नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र बहादुर प्रधानको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, नेता पुरुषोत्तम साह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ता लगायतले अब अक्सिजनको अभाव नहुने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button