तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न जिफन्ट गण्डकीको माग

पोखरा । श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गर्न माग गरिएको छ । 


नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) गण्डकी प्रदेश सङ्गठन कमिटीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनिवार्य कार्यान्वयन गर्न माग गर्दै पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।


जिफन्टको देशव्यापी कार्यक्रम अन्तर्गत दुवै सङ्घलाई ध्यानाकर्षण पत्र बुझाएको गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी बताउनुभयो  । 


जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सके नेपालको श्रम शक्तिलाई स्वदेशमै रोक्न सकिने भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले सरोकारवाला सबैलाई दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने दाबी गर्नुभयो । 


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले जिफन्टको माग समय सापेक्ष भएकोले कार्यान्वयन गर्न पहल गर्ने बताउनुभयो । 


जिफन्ट गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्रीले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा सामाजिक सुरक्षा कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो  । 


लेखनाथ उद्योग वाणिज्य संघका भएको कार्यक्रममा अध्यक्ष बलराम ढकाल, प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, कार्य समितिका सदस्य विक्रम कर्माचार्य लगायतले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन गर्ने प्रतिबद्धता समेत  जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button