पर्सा प्रहरीद्वारा नाकाबाट १ सय ८ महिला बालबालिकाको उद्धार

वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले गत आर्थिक बर्ष २०७७/०७८ मा पर्साका विभिन्न नाकाहरूबाट महिला, बालबालिका गरी १०८ जनाको उद्धार गरेको छ ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले ८५ जना महिला, एक जना बालक र २२ जना बालिकाको उद्धार गरी घरपरिवारको जिम्मा लगाइएको बताउनुभयो ।
उहाँले चालू आर्थिक वर्षको भदौ ५ गतेसम्म १८ जना महिला र चार जना बालिका गरी २२ जनाको उद्धार गरिएको बताउनुभयो । बालिका भने ७२ जना हराएका र ३५ जनालाई प्रहरीले फेला पारेको र १५ जना आफैँ घर फर्केका तथा २२ जना अझै फेला पर्न नसकेको प्रवक्ता खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्