तपाईँ सुन्दै हुनुहुन्छः

सालको काठ बरामद

कञ्चनपुर । कञ्चनपुरमा ६८.८६ क्यूफिट सालको काठ बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका ९ खल्ला टुँडिखेल इलाकामा बेवारिसे अवस्थामा रहेको अन्दाजी ६८.८६ क्यूफिट सालको काठ बरामद गरिएको प्रहरीले बताएको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत खल्लामछेट्टीबाट खटिएको पैदल गस्ती टोलीले उक्त काठ बरामद गरेको हो।

१ लाख ७२ हजार १ सय ५० बराबरको काठ बरामद गरी कारबाहीको लागि सब डिभिजन वन कार्यालय ब्रह्मदेवमा बुझाइएको गणले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button