प्रजिअ रिजालद्वारा रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको निरीक्षण

सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको निरीक्षण भ्रमण गर्नुभयो ।
त्यस अवसरमा प्रजिअ रिजालले कार्यालयको भौतिक अवस्था, प्रसारण प्रणाली , कार्य सञ्चालन र जनशक्ति लगायत विषयमा जानकारी लिनुभयो । उहाँले रेडियो नेपालको साखलाई कायम राख्दै समयानुकूल प्रविधि अवलम्बन गर्नेतर्फ ध्यान दिन सुझाव दिनुभयो ।

शान्ति सुरक्षा लगायत आवश्यक प्रबन्ध मिलाउन आफू सकारात्मक रहेको तथा कार्यालयको तर्फबाट पनि सक्रिय चासोको खाँचो रहेको प्रजिअ रिजालले बताउनुभयो ।
प्रजिअ अधिकारीलाई कार्यालयको समग्र अवस्था र सुरक्षा संवेदनशीलता लगायतका विषयमा निमित्त कार्यालय प्रमुख आनन्दविश्व पन्त र कार्यक्रम अधिकृत भानुभक्त खड्काले जानकारी गराउनुभएको थियो।

निरीक्षण भ्रमणमा सुर्खेत जिल्लाका प्रहरी प्रमुख (एस.पी)पदम बिस्ट सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्