दिगो विकासको लक्ष्य प्राप्तिको लागि हालको ढाँचामा परिवर्तन आवश्यक : उपाध्यक्ष पौडेल

काठमाडौँ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले दिगो विकासको लक्ष्य प्राप्तिको लागि हालको तरीका र ढाँचामा परिवर्तन गर्नुपर्ने सुझाव दिनुभएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा राजनैतिक नेतृत्व वर्गले अगुवाई लिएर हाल हुने गरेको विकासको ढाँचामा परिवर्तन नगरेसम्म लक्ष्य हासिल गर्न नसकिने उपाध्यक्ष डा. पौडेलले समितिलाई जानकारी गराउनुभयो ।
बैठकमा उहाँले दिगो विकासका लक्ष्य हासिल गर्ने सवालमा विगतदेखिका समस्या र निकासबारे समेत समितिसमक्ष जानकारी गराउनुभएको थियो ।
बैठकमा समितिका सदस्यहरूले नेपालमा विकासका नाममा हुने गरेको ढिलासुस्ती, अपारदर्शिता लगायतका विषयमा योजना आयोगका प्रतिनिधिसमक्ष जिज्ञासा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्