तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदीको पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता

चितवन ।  नारायणी नदीको पुलबाट हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् ।

आज बिहान ६ बजेर ५५ मा मिनेटमा  एक पुरुष नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।  पुलमाथि झोला भित्र भेटिएको नागरिकताको आधारमा प्रहरीले हाम फाल्ने व्यक्ति दाङ तुलसीपुर उपमहानगर पालिका वडा नम्बर ४ का ४५ वर्षीय अन्तुल प्रसाद गुप्ता हुनसक्ने अनुमान गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले  नारायणी नदीमा एक व्यक्तिले हाम फालेको खबर हुनासाथ वडा प्रहरी कार्यालय, नारायणगढ र जिल्ला प्रहरी कार्यालय ,चितवनको प्रहरी टोलीले खोजतलास कार्य गरिरहेको जानकारी दिनुभयो ।  ‘पुलमाथि एउटा झोला भित्र नागरिकताको फोटोकपी गुप्ताको थियो , उहाँले भन्नुभयो, तर हाम फाल्ने व्यक्ति उनी नै हुन या होइनन् भन्ने यकिन गर्न चाहिँ मिल्दैन ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button