सुनसरी मालपोत कार्यालय एक साताका लागि बन्द
सुनसरी । कार्यालय प्रमुखमा कोरोना देखिएपछि भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी एक सातका लागि बन्द गरिएको छ ।
मालपोत कार्यालयले सूचना जारी गर्दै कार्यालय प्रमुखमा कोरोना देखिएको र अन्य कर्मचारीमा समेत मिल्दोजुल्दो लक्षण देखाइपरेकाले सेवा बन्द गरिएको जनाइएको छ ।
कार्यालयले जारी गरेको सूचनामा भदौ ७ गतेबाट १४ गतेसम्म आन्तरिक प्रशासनिक र भूमिसुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने मालपोत कार्यालयको सूचनामा जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्