तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा हालसम्म १ हजार ८ सयभन्दा बढी कोरोना सङ्क्रमित

भोजपुर । भोजपुरमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ हजार ८ सयभन्दा माथि पुगेको छ । 

स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार शनिवार ८ जना थप भएसँगै जिल्लामा कुल संक्रमित सङ्ख्या १ हजार ८ सय ३० पुगिसकेको हो । 

त्यसैगरी, कोभिड–१९ का बिरामी बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तिम्माको रिमचिम टोल १५ दिनका लागि बन्द गरिएको छ । 

स्थानीयले सिताराम राईको संयोजकत्वमा सतर्कता समिति गठन गरेर टोलमा आवतजावत बन्द गर्ने निर्णय नै भएको छ ।

वडा सदस्य गणेश राईका अनुसार केही दिनअघि ७४ जनाको कोभिड परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।  

सदरमुकाममा चहलपहल बढेसँगै भोजपुरमा हालसम्म सबैभन्दा धेरै भोजपुर नगरपालिकामा ५ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । 

यस्तै टेम्केमैयुङ गाउँपालिकामा २ सय ५६, हतुवागढी, २ सय १२, साल्पासिलिछो १ सय ७९, अरुण १ सय ६३, रामप्रसाद राई १ सय ६२, षडानन्द नगरपालिका १ सय ५५, आमचोक गाउँपालिका ९९ र पौवादुङमा गाउँपालिकामा ४९ जना संक्रमित छन् । जसमा १ हजार ५ सय २१ जना निको भएका छन् । 

जिल्लामा उपचारका क्रममा १० जनाले ज्यान गुमाइसकेका छन् भने २ सय ६२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button