तपाईँ सुन्दै हुनुहुन्छः

फरार अभियुक्त ७ वर्षपछि पक्राउ

बीरगंज । ९ बर्ष कैद सजाँयसहित ५० हजार जरिवाना तोकिएका अपहरण तथा शरीर बन्धक मुद्दामा फरार अभियुक्तलाई ७ वर्षपछि पर्सा प्रहरीले पक्राउ गरेको छ । 

२०७१ साल भदौ ६ गते भारतको पूर्वीचम्पारण मोतिहारी जिल्ला रक्सौल नगरपरिषद वडा नम्बर २१ निवासी २१ वर्षीय रितेश कुमारलाई अपहरण गरी फिरौती रकम माग गर्ने मध्येका एक अभियुक्त बीरगंज महानगरपालिका वडा नम्बर २९ बसडिलवा निवासी ४० वर्षीय बुधनराम चमारलाई पर्सा प्रहरीले लुकिछिपी गाउँमै बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ ।

पर्सा जिल्ला अदालतको २०७३ असार ६ गते फैसला अनुसार अभियुक्त चमारलाई ९ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएकोमा निज घटना लगतै फरार रहेको र हाल गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

अभियुक्तलाई वीरगन्ज कारागार चलान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button