फरार अभियुक्त पक्राउ
पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ७१ वर्षीय कर्णबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।
रैनादेवी छहरा ८ का रास्कोटीलाइ विना इजाजत राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । अदालतबाट २ लाख २६ हजार जरिवाना सहित फैसला सुनाइएका उनलाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाइएको प्रहरीले जनाएको छ । उनलाई राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । उनी लामो समयदेखि फरार सूचिमा रहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्