राष्ट्रिय वाणिज्य बैङ्क जनकपुर शाखाले १६ अर्ब ८० करोड राजश्व सङ्कलन गर्न सफल

जनकपुरधाम । राष्ट्रिय वाणिज्य बैङ्क जनकपुरधामको भानुचोक शाखाले आर्थिक वर्ष २०७७/७८ मा १६ अर्ब ८० करोड राजश्व सङ्कलन गरेको छ । देशभरिका शाखा मध्ये राजश्व सङ्कलन गर्ने शाखामा चौथो स्थानमा रहेको बैङ्कका शाखा प्रबन्धक रञ्जिता कुमारी झाले जानकारी दिनु भएको छ ।
जनकपुरधामको भानु चोकशाखा भन्दा बढी राजश्व उठाउने शाखामा ड्राईपोर्ट तथा अन्तर्राष्ट्रिय विमान स्थलमा भएको शाखा मात्र रहेको छ । जनकपुर शाखा भन्दा बढी राजश्व सङ्कलन गर्नेमा ड्राइपोर्ट रुपन्देही, ड्राईपोर्ट विराटनगर तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल शाखा मात्र रहेको छ ।
राजश्व सङ्कलन गर्ने भन्सार श्रोत छाडेर सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने शाखाको रुपमा जनकपुरधामको भानुचोक शाखा रहेको छ । राजश्वको भौचर सङ्ख्यामा सातौँ स्थानमा रहेको शाखा प्रबन्धक झाले जानकारी दिनुभयो ।

देश भरिमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा २ सय ४७ वटा रहेका छन् । यस अघि उत्कृष्ट काम गरे बापत देश भरिका शाखा मध्ये तेस्रो स्थान प्राप्त गरेर जनकपुरको भानु चौक शाखाले तेस्रो पुरस्कार पनि प्राप्त गरिसकेका छन् । कूल १६ जना कर्मचारी मध्ये ४ जना छाडेर सबै महिला नै शाखामा कार्यरत रहेका छन् ।
शाखा प्रबन्धक देखि धेरै कर्मचारीहरू महिला नै भएका कारणले कर्मचारीहरूका बीचमा राम्रो समन्वय एवं सहकार्य रहेको छ । शाखा प्रबन्धक भए देखि नै बैङ्कको भौतिक संरचनाको सुधार देखि ग्राहकलाई दिँदै आएको सेवामा सुधार आएका कारणले नै जनकपुरधाममा राष्ट्रिय वाणिज्य बैङ्कको पिडारी चोकमा पनि शाखा भए पनि भानु चौक शाखाको कामकाजबाट सेवाग्राहीहरू निक्कै खुशी भएका कारणले शाखामा ग्राहकको सङ्ख्या उल्लेख्य रहेको छ ।
बैङ्कमा अहिले २९ हजार ५ सय १८ वटा सक्रिय ग्राहकको खाता रहेको छन् । निष्क्रिय ग्राहकलाई जोड्ने हो भने बैङ्कमा आबद्ध रहेको ग्राहकको सङ्ख्या ३४ हजार रहेको शाखा प्रबन्धक झाले जानकारी दिनुभयो । निजी बैङ्कले ग्राहकहरूलाई तानातान गरिरहेको बेलामा सरकारी बैङ्कको रुपमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको भानु चोक शाखा ग्राहकको रोजाइमा पनि अब्बल दर्जामा परेका छन् ।

शीघ्र सेवा, सुमधुर व्यवहारका कारणले ग्राहकको सङ्ख्या बढी नै रहेको छ । प्रदेश नंं २ सरकार तथा सङ्घीय सरकार मातहतका सरकारी कार्यालयहरूको खाता पनि रहेकाले कर्मचारीहरूलाई कामको चाँप अत्यधिक भए पनि महिला कर्मचारीहरू नै भएका कारणले निक्कै राम्रो सहकार्य रहेको छ ।
सरकारी बैङ्कहरू प्रति ग्राहकहरूको असन्तुष्टि बढेका बेलामा भानु चोक शाखाले ग्राहकको मन जित्नु नै ठूलो सफलताको रुपमा लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्