भरुवा बन्दुकसहित मृत अवस्थामा रहेको जङ्गली बँदेल बरामद

कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको सिद्धनाथ सामुदायिक बन क्षेत्रबाट भरुवा बन्दुक सहित गोली लागी मृत अवस्थामा रहेको जङ्गली बँदेल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ब्रह्मदेवबाट सशस्त्र प्रहरी निरीक्षक निरक बहादुर शाहीको कमाण्डमा खटिएको पैदल गस्ती टोलीले भीमदत्त नगरपालिका वडा नम्बर ०९ ब्रह्मदेव स्थित जैविक मार्ग इलाकामा गस्ती गर्ने क्रममा सिद्धनाथ सामुदायिक बन भित्र एक्कासि फायरिङ्ग भएको आवाज आए पश्चात् सो स्थानतर्फ गएको टोलीले १ एक नाल भरुवा बन्दुक र मृत अवस्थामा रहेको एउटा जङ्गली बँदेल बरामद गरेको हो ।
बरामद गरिएको भरुवा बन्दुक र मृत बँदेललाई आवश्यक कानुनी कारबाहीको लागि सब डिभिजन बन कार्यालय ब्रह्मदेवमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्