तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ । 

प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौँ अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएको हो ।

अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ । 

राजनीतिक दलसम्बन्धी ऐनको बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसद द्वय अजयबहादुर शाही र बिमला वलीलाई कारबाही गरेको पार्टीको केन्द्रीय कमिटीले त्यसको सूचना प्रदेश संसदीय दलमार्फत प्रदेश सचिवालयलाई बुझाइसकेको छ । 

उक्त पत्र प्रदेशसभामा पढेर सुनाउन र सांसद द्वय शाही र वलीलाई पदमुक्त गर्न एमालेले माग गर्दै आएको  छ  । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button