तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीयता कार्यान्वयन प्रदेश सरकारको मुख्य प्राथमिकता’

file photo

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरशः पालना र सङ्घीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । 


बुटवल उद्योग वाणिज्य सङ्घको नव उद्यमशाला कार्यक्रमको आज बुटवलमा समापन गर्दै उहाँले परिवर्तनकारी शक्तिको गठबन्धनबाट सरकार बनेकाले संविधान र सङ्घीयता कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।


मुख्यमन्त्री केसीले कोरोना सङ्क्रमणबाट जनताको जीवन बचाउने अभियानलाई सरकारले पहिलो प्राथमिकता बनाउने बताउँदै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button