तपाईँ सुन्दै हुनुहुन्छः

अहिलेको प्राथमिकता कोभिड विरुद्धको खोप : मन्त्री श्रेष्ठ

स्याङ्जा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अहिलेको प्रमुख प्राथमिकता कोभिड विरुद्धको खोप भएको बताउनुभएको छ । सबै नागरिकलाई कोभिडबाट सुरक्षित राख्न कोभिड विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु नै वर्तमान अवस्थाको प्राथमिकता रहेको उहाँले बताउनुभएको हो । 

नेपाली कांग्रेस पुतलीबजार नगरपालिका ११ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षालाई प्रविधिमैत्री र व्यवहारिक बनाउने बताउनुभएको छ । कोभिडका कारण विद्यालय क्षेत्र प्रभावित भइरहेको अवस्थामा अफलाइन कक्षा गण्डकी प्रदेशमा लागू गरिने उहाँले बताउनुभयो । 

अनलाइन कक्षा ग्रामीण क्षेत्रमा सहज हुन नसेकेको अवस्थामा अफलाइन कक्षा प्रभावकारी हुने उहाँको भनाई छ । यही भाद्र ५ गते दहथुम माविबाट अफलाइन कक्षाको शुरुवात गरिने मन्त्री श्रेष्ठले बताउनुभयो । अफलाइन कक्षाको प्रिटेष्ट भइसकेको भन्दै यो प्रणाली प्रभावकारी हुने उहाँको दाबी छ । 

साथै उहाँले गण्डकी प्रदेशलाई सडक मानव मुक्त बनाउने बताउनुभएको छ । प्रदेशका ११ वटै जिल्लामा सडक मानव मुक्त बनाइने भन्दै सडकमा अब कोही पनि बेवारिसे अवस्थामा बस्ने अवस्था नहुने उहाँको भनाई । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button