तपाईँ सुन्दै हुनुहुन्छः

काली गण्डकी नदीमा हाम फालेका वृद्ध बेपत्ता

पाल्पा । काली गण्डकी नदीमा हाम फालेर एक वृद्ध बेपत्ता भएका छन् । पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दी पुलबाट हाम फालेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–५, का ८७ वर्षीय जुद्धबहादुर कार्की बेपत्ता हुनुभएको हो ।

शनिबार राम्दी पुलबाट काली गण्डकी नदीमा हाल फालेर वृद्ध बेपत्ता भएको प्रहरीले जनाएको छ । कार्कीको खोजीमा स्थानीय बासिन्दा प्रहरी सक्रिय भए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरी चौकी राम्दीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button