तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानबाट नेपालीहरूलाई सुरक्षित रुपमा ल्याउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सकुशल नेपाल ल्याउन कूटनीतिक रुपमा पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकमा सांसदहरुले बेलायती सेनामा कार्यरत नेपाली सैनिकका समस्या समाधानका लागि उच्चस्तरीय वार्ता समिति गठन गरेर कूटनैतिक रुपमा बेलायत सरकारसँग वार्ता गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले नेपालको नक्सा अद्यावधिक भएको अवस्था नेपालको क्षेत्रफललाई पनि अद्यावधिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने भनेर अघिल्लो सरकारले गरेको निर्णय गलत भएको भन्दै सांसदहरुले त्यसलाई सच्याउन माग गर्नुभयो । 

यस्तै बैठकको शून्य समयमा सांसदहरुले दार्चुला घटनाको छिटो भन्दा छिटो सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभयो ।

सांसदहरुले सिन्धुपाल्चोक मनाङ लगायतका जिल्लामा मनसुनको सुरुवातमा नै गएको बाढी र पहिरो पीडितले राहत नपाएको भन्दै तत्काल राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । 

कोरोनाले शिक्षा क्षेत्रमा पारेको प्रभाव काम गर्न छिटो भन्दा छिटो शिक्षक र विद्यार्थीहरूलाई खोप व्यवस्था गरी पठनपाठन शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिनिधि सभाको आजको बैठकमा सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका “रेल्वे विधेयक, २०७६” “प्रत्यायोजन (एक्रिडिटेशन) विधेयक, २०७६” राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गर्नुभयो ।

बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा सभाको आठौँ अधिवेशनमा भए गरेका  काम कारबाहीबारे सदनमा जानकारी गराउनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button