तपाईँ सुन्दै हुनुहुन्छः

इरानका कट्टरपन्थी नेता नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि इजरायलकाे कडा प्रतिक्रिया

जेरुसेलम । इरानका कट्टरपन्थी धारका नेता इब्राहिम रइसी नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि इजरायलले कडा प्रतिक्रिया दिएको छ । 

 इजरायलले इरानका नयाँ राष्ट्रपति रइसीलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्न पर्ने उल्लेख गर्दै इरानमा हालसम्मकै अतिवादी राष्ट्रपति बनेको उल्लेख गरेको छ ।

नयाँ राष्ट्रपति रइसले इरानको आणविक गतिविधि  बढाउने भन्दै चेतावनी पनि दिएको छ। 

इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा रइसी विजय भएसँगै उहाँ इरानको १३ औ‌ राष्ट्रपति बन्नु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button