१८ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

अछाम । अछाम जिल्लामा शुक्रवार १८ जनाको स्वाब परिक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ पाइएको छ । जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १५ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
कमलबजार नगरपालिकाका एक महिला एक पुरुष गरेर २ जनाको स्वाब परीक्षण गरिएकोमा एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।
चौरपाटी गाउँपालिकाका १ महिला १० जना पुरुष गरी ११ जना साँफेबगरका १ जना पुरुष हिमाली गाउँपालिका बाजुराका १ जना पुरुष जगनाथ गाउँपालिका बाजुराका १ जना पुरुष गरी जम्मा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड १९ परिक्षण प्रयोगशालाका सूचना अधिकारी विष्टले जानकारी दिनुभएको हो।
कमलबजार नगरपालिकाका २२ वर्षका पुरुष चौरपाटी गाउँपालिकाका ३०, ३०, ४७, ४५, २२, २२, २५, २५, ३७, २३, २५, वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो।
साँफेबगर नगरपालिकाका ४९ वर्षका एक जना पुरुष, हिमाली गाउँपालिका बाजुराका ३० वर्षका एक पुरुष र जगन्नाथ गाउँपालिका बाजुराका ३८ वर्षका एक जना पुरुष गरी जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।








प्रतिक्रिया राख्नुहोस्