तपाईँ सुन्दै हुनुहुन्छः

थारु कल्याणकारी सभासँग दोस्रो चरणको वार्ता सम्पन्न 

काठमाडौँ । सरकार र थारु कल्याणकारी सभाको टोलीबिच आज दोस्रो चरणको वार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको वार्तामा थारु कल्याणकारी सङ्घर्ष समितिका मागहरूमाथि छलफल भएको र वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य भगवती चौधरीले जानकारी दिनुभयो ।
आजको वार्तामा टिकापुर घटनामा संलग्न व्यक्तिहरूको मुद्दा फिर्ता लिने प्रक्रियाका बारेमा छलफल केन्द्रित भएको वार्ता टोली सदस्य चौधरीले बताउनुभयो ।
अर्को चरणको वार्ता पर्सी मङ्गलवार बस्ने सदस्य चौधरीले जानकारी दिनुभयो ।
सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरीसहितको वार्ता टोली गठन गरेको थियो ।
यसअघि चैत्र १७ गते दुई पक्षबिचको वार्तामा समितिले ११ बुँदे माग पेस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button