एसियन लाइफद्वारा भोजपुरका छयालिस पत्रकारको बिमा
भोजपुर । नेपाल पत्रकार महासङ्घ भोजपुरमा आबद्ध पत्रकारहरूको बिमा गरिएको छ ।एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भोजपुर शाखाले महासङ्घमा आबद्ध सबै पत्रकारहरूको निःशुल्क म्यादी जीवन बिमा गरिदिएको हो ।
कम्पनीले १३ औँ वार्षिक उत्सवको अवसरमा जुनसुकै समयमा समाचार सङ्कलनको क्रममा फ्रन्ट लाइनमा काम गर्ने पत्रकारहरूको सुरक्षाको लागि निःशुल्क म्यादी जीवन बिमा गरेको शाखा प्रमुख राजन राईले बताउनुभयो ।
एसियन लाइफ इन्स्योरेन्सले ४६ जना पत्रकारहरूको ९ हजार ५ सय तिरेर सबै पत्रकारहरूको विमांक करिब २३ लाख बराबरको म्यादी जीवन बिमा गरेको हो ।
सो बिमाबाट विमितको यदि सामान्य अवस्थामा मृत्यु भएमा ५० हजार विमांक साथै १२ हजार दाहसंस्कार खर्च र दुर्घटनाबाट मृत्यु भएमा १ लाख नगद र दाहसंस्कार खर्च १२ हजार विमितको आफन्तलाई प्रदान गरिने शाखा प्रमुख राईले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्