निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सञ्चालन

बारा । बाराको परवानीपुर गाउँपालिकाले किसानहरूको लागि एक दिने निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न गरेको छ ।
परवानीपुर गाउँपालिकाको पशुसेवा शाखाले गाउँपालिकाको वडा नं.१ मा आयोजना गरेको शिविरमा पशुको स्वास्थ्य अवस्था चेकजाच, कृत्रिम गर्भधारण र बाझोपन निवारणलगायतका सेवाहरू प्रदान गरिएको पशु सेवा शाखाका प्रमुख मिश्रीलाल साहले जानकारी दिनुभयो ।

पशुलाई कसरी स्वस्थ्य राख्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो । परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण शाहले कैँचीले रिबन काटी शिविरको उद्घाटन गर्नुभएको थियो । किसानहरूलाई शिविरमा पशुको स्वास्थ्य सम्बन्धी निःशुल्क औषधी वितरण गरिएको थियो ।
शिविरमा करिब २ हजार बाख्रा र १ सय ४५ वटा भैँसीको स्वास्थ्य अवस्था चेक जाँच गरी उपचार गरिएको थियो । जसमा चार वटा भैँसी र सात वटा गाईको कृत्रिम गर्भधारण गरिएको परवानीपुर गाउँपालिकाको कार्यालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्